बाँकेमा ६७ जना एमाले, काङ्ग्रेस, माओबादि दल परित्याग गरी रास्वपामा प्रवेश

बाँकेमा ६७ जना एमाले, काङ्ग्रेस, माओबादि दल परित्याग गरी रास्वपामा प्रवेश

फागुन १३- बाँके ।

बाँके, बैजनाथ–६, २८ घर निवासी सुरेश पुरुषको नेतृत्वमा विभिन्न राजनीतिक दल परित्याग गरी ६७ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
उनीहरूले नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली काङ्ग्रेस लगायतका दल त्याग गरेका हुन्। नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खगेन्द्र सुनारले खादा र टीका लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै सुरेश पुरुषले आफूले पाएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अबको राजनीतिक विकल्प रास्वपा नै भएको उल्लेख गर्दै खगेन्द्र सुनारलाई चुनाव जिताउन आफू सहित सम्पूर्ण टोली प्रतिबद्ध भएर लाग्ने बताए।

Leave a Reply