गुजरातबाट सम्पर्कविहीन: सुर्खेतका भरत सुनारको खोजीमा परिवारको अपिल
सुर्खेत — सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ११, भलायदमार निवासी भरत सुनार भारतको गुजरात राज्यबाट हिजो रातीदेखि सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार रोजगारीको सिलसिलामा गुजरात पुगेका सुनारसँग हिजो रातिसम्म सामान्य फोन सम्पर्क भएको थियो। तर त्यसपछि अचानक मोबाइल बन्द भएको र हालसम्म कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको जनाइएको छ। भरत सुनारको मोबाइल नम्बर नलाग्ने अवस्थामा पुगेपछि परिवारजन चिन्तित बनेका छन्।
आफन्त र साथीभाइमार्फत खोजी प्रयास भइरहे पनि अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन। परिवारले यदि कसैले भरत सुनारको अवस्था, स्थान वा कुनै जानकारी थाहा पाएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई तुरुन्त जानकारी गराइदिन अनुरोध गरेका छन्।
यस घटनाबारे स्थानीय तह र सम्बन्धित निकायलाई समेत जानकारी गराइसकिएको परिवारले जनाएको छ। सम्पर्कविहीन भएका भरत सुनारको शीघ्र सुरक्षित खोजीका लागि सबैसँग सहयोगको अपिल गरिएको छ।
