जेन्जी दिवसको दीप प्रज्वलन कार्यक्रमकै क्रममा माइतीघरमा महिलाद्वारा आत्मदाह प्रयास
काठमाडौं । जेन्जी आन्दोलनको स्मरणमा काठमाडौंको माइतीघर मण्डलामा आयोजित दीप प्रज्वलन कार्यक्रमका क्रममा एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन्।
गोरखाकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले आफूले राख्दै आएको माग पूरा नभएको भन्दै आत्मदाहको प्रयास गरेको बताइएको छ।
घटनापछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको छ। हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको बताइएको छ।
दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेला भएको उक्त घटनापछि केही समय माइतीघर क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
बस्नेतले के माग राख्दै आएकी थिइन् र आत्मदाहको प्रयास गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा सम्बन्धित निकायबाट थप जानकारी आउन बाँकी छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
